राजनीति

ओलीको आरोपः कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ

Banner

काठमाडौं, जेठ २५- 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका हुन् ।

माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको उनले आरोप लगाए। ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने। अध्यक्ष ओलीले अब कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताए।

बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>