राजनीति
सरकारलाई सांसद पन्तको चेतावनी: चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ
०

काठमाडौं, जेठ २५-
नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए । आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताए ।
‘नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ’, उनले अगाडि भने, ‘चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’
प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























