Breaking News

सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल ५–५ ओभरमा हुने

०
Banner

काठमाडौं,कात्तिक १४ –

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल ५–५ ओभरमा खेलाइने भएको छ ।

वर्षाका कारण प्रभावित खेल त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको लामो प्रयासपछि सञ्चालन हुन लागेको हो । मैदान निरीक्षण गरेपछि अम्पायरहरूले ५–५ ओभरको खेल गराउने निर्णय गरेका हुन् ।

निर्धारित तालिकाअनुसार साँझ ७:२५ बजे टस सुरु हुने छ भने ७:४१ बजे खेल सुरु हुनेछ ।

खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल सञ्चालन गरिनेछ ।

५ ओभरको छोटो खेल र सानो बाउन्ड्रीका कारण उच्च स्कोर बन्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि, वर्षाले प्रभावित पिचको व्यवहार कस्तो रहनेछ भन्ने कुरा खेल सुरु भएपछि मात्र स्पष्ट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>