राजनीति
मन्त्रालय भागबन्डामा चित्त नबुझाएर बाहिरिएको जनमत फेरि सरकारमा जाने तयारी

काठमाडौं,जेठ २५-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा.सीके राउत नेतृत्वको जनमत पार्टीलाई फेरि सरकारमा भित्र्याउने तयारी गरेका छन् । यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएर सरकारबाट बाहिरिएको जनमत पार्टी फेरि सरकारमा जान लागेको हो ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरु सरकारमा जान तयार रहेको बताए । उनले भने, ‘हामी सरकारमा जानकै लागि समर्थन गरेका हौं । अब केही दिनमै प्रधानमन्त्री फेरि सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ ।’
उनले कुन मन्त्रालय लिएर जाने भन्ने कुरा अहिले टुंगो नलागेको बताए । उद्योग मन्त्रालयको दाबी गरिरहेको जनमतका अब्दुल खान केही खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, मन्त्रिपरिषद् पूर्ण विस्तार गर्दा पनि त्यही मन्त्रालयमै सीमित राखेपछि सरकार छाडेको थियो ।
तर, माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले पनि जनमतलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘हिजोको पदाधिकारी बैठकमा पनि सामान्य छलफल भएको थियो । उहाँलाई सरकारमा ल्याउनुपर्छ भन्नेमा छौं ।’



























