राजनीति

कृषि अनुदानमा मन्त्री, नातागोताबाट करोडौं हिनामिना भएको छ, उचित जाँच हो: सांसद सिंह

Banner

काठमाडौं, जेठ २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका हुन् ।
उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरे । ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ उनले भने ।

कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको भनाइ छ । ‘त्यो अनुदान (कृषि अनुदान) दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>