राजनीति

ओलीले बोलाए हामी खुसीसाथ एमालेमा फर्किन तयार छौँः वामदेव गौतम

Banner

काठमाडौँ, जेठ २४-

राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका छन्। एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका हुन्।

बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गरे।

‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने, ‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>