राजनीति
हरेक वर्ष दर्जनौँ नेपाली नदीमा बग्छन्, यसको दोषी जनता कि, सडक विभाग कि, कि सरकार ?
०

काठमाडौँ, जेठ २४-
सांसद अमरेशकुमार सिंहले नेपालमा मापदण्ड अनुसार सडक नबनेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक वर्ष दर्जनौँ नेपाली सडक दुर्घटनामा मारिने गरेको बताउँदै त्यसको कारण मापदण्ड अनुसार सडक नबन्नु भएको उनले बताए।
‘हाम्रो देशमा जहिले पनि सडक दुर्घटना धेरै हुन्छन्, खोलाको किनारकिनार बाटो बनाउँछौँ तर सुरक्षा दिँदैनौँ। हरेक वर्ष दर्जनौँ नेपाली नदीमा नदीमा बग्ने गर्छन्,’ सुनकोशी नदीमा भएको हालैको सीटीईभीटीका कर्मचारीको प्रसंग उठाउँदै उनले भने, ‘यसको दोषी को ? जनता कि, सडक विभाग कि, सरकार? ‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























