राजनीति
भारतीय संसद्मा राखिएको नक्साबारे दिल्लीमा कुरा उठाएँः प्रधानमन्त्री
०

काठमाडौँ,जेठ २४-
तस्बिरः रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नयाँ संसद्मा राखिएको अखण्ड भारतसम्बन्धी नक्साबारे आफूले कुरा उठाएको बताएका छन्।
‘भारतीय संसद्मा राखिएको नयाँ नक्साबारे कुरा भएको छ। मैले धेरै अध्ययन नगरे पनि नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट राखेको छु’, उनले भने, ‘तर भारतीय पक्षले जवाफमा यो कुनै राजनीतिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक कोणबाट नहेरौँ भन्ने जवाफ आएको छ।’
उनले आफूले यसबारेमा भारतीय पक्षमा कुरा राखेको जवाफ यसअघि नै प्रतिनिधिसभामा पनि दिइसकेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























