राजनीति
बोरामा ओर्जिनल लेखेर नक्कली मल र बिउ भित्रिन्छ,सरकार आँखा चिम्लेर बसेको छः सांसद अग्रहरी
०

काठमाडौं, जेठ २४-
नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ गते हुँदासम्म पनि रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् ।
‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ भन्ने उनको प्रश्न छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























