राजनीति
एमालेले ३४९ नेताको कार्य विभाजन गर्दा रायमाझीको जिम्मेवारी पद खोसियो
०

काठमाडौं, जेठ २४-
नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बरमा रहेका हेमराज राईसम्मको कार्य विभाजन गरिएको हो ।
तर, कमिटीका सदस्यहरूको कार्य विभाजन गरेर अन्तर पार्टी निर्देशन पठाउँदा २९ औँ नम्बरमा रहेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ । एमालेमै रहे पनि उनले पार्टीमा बिदाको निवेदन दिएकाले कार्य विभाजनमा उनलाई कुनै जिम्मेवारी नदिइएको एमाले स्रोतले जनाएको छ ।
एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीको जिम्मेवारी खोसेर निलम्बनमा राखेको अपानीमा उल्लेख छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका केन्द्रीय सदस्य हरिनारायण महतोले गल्ती स्वीकार गरेकाले उनको निलम्बन फुकुवा भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























