देश/प्रदेश
१० करोड पर्ने मेसिनलाई भ्रष्टाचार गर्दै ३० करोडमा किनेर अहिले थनकाएका छन्ः सांसद मैनाली
०

काठमाडौं, जेठ २२-
नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले नारायणी उपक्षेत्रीय अस्पतालमा दश करोड पर्ने मेसिन ३० करोडमा किनेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मैनालीले तीन गुण बढी मूल्य तिरेर ल्याइएको एमआरआई मेसिन तीन महिनादेखि प्रयोगविहिन रहेको बताए ।
“संघीय स्वास्थ्य मन्त्राय र प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद गरिएका सामग्री प्रयोग विहिनअवस्थामा छन्,” मैनालीले भने, “नारायणी अस्पतालमा किनिएको एमआरआई मेसिन निजी क्षेत्रबाट किन्दा दश करोड पर्नेमा ३० करोडमा किनिएको छ ।”
उनले त्यसरी किनिएको मेसिन तीन महिनादेखि प्रयोगविहिन अवस्थामा फालिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























