अन्तर्राष्ट्रिय

भारतले नेपाललाई दिनलागेको मुर्रा पाडा निरीक्षणमा विज्ञ भारत जाने

Banner

काठमाडौं, जेठ २४-

भारतले नेपाललाई दिन लागेको मुर्रा जातका १५ पाडाहरूको निरीक्षणमा विज्ञ भारत जाने भएका छन् ।

भारत सरकारबाट नेपाललाई उच्च नश्लका मुर्रा जातका १५ पाडाहरू निःशुल्कः उपलव्ध गराउने समझदारी भएसँगै विज्ञ निरीक्षण गर्न जाने तयारी भएको हो।

भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएसँगै प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिक छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। नेपालस्थित भारतीय राजदूतावासले उक्त सम्झौता भएसँगै मन्त्रालयलाई सूचित गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>