देश/प्रदेश

बिरामीबाट २ करोड भन्दाबढी ठगी गरेको आरोपमा अस्पतालकै कर्मचारी प्रकाउ

Banner

काठमाडौँ, जेठ २४-

मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, बिरामीबाट साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ

काठमाडौं– ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना प्रकाउ परेका छन् । सोही अस्पतालमा कार्यरत ३ जनालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालेवाटारका ३४ वर्षीय आशिष अर्याललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविकभन्दा बढी शुल्क लिने, सफ्टवेयर इन्ट्रिमा भने वास्तविक शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

यसरी उनीहरुले बिरामीबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>