राजनीति

नेपाल यस्तो देश भयो, जहाँ कर नै कर छ तर विकास छैनः अमरेशकुमार सिंह

Banner

काठमाडौं, जेठ २३-

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा कर नै कर लिने गरे पनि विकास भने नभएको बताएका छन्। ‘अहिले नेपाल यस्तो देश भयो, जहाँ कर छ विकास छैन,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भने, ‘कर नै करको देश। जे मा पनि कर। तर विकास छैन।’

उनले देशमा प्रहरी भए पनि सुरक्षा नभएको, अदालत भए पनि न्याय नभएको, मुलुक भए पनि भरोसा नभएको पनि बताए।

‘बजेटको मात्र विषय होइन जनताले भरोसाको कुरा गरेका छन्,’ उनले भने, ‘यो मुलुकमा जनताको भरोसाको कुरा हो। भोलि आउने अर्थमन्त्रीमाथि पनि मानिसहरूले पहिलेदेखि नै भन्छन्( त्यही हो कुन बिचौलियाले करको दर फेरबदल गराउँछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>