राजनीति

अर्थमन्त्रीलाई शाहीका प्रश्नः करको दर फाइनल गर्नका लागि भन्सार विभागका पूर्वनायब सुब्बा श्रेष्ठ संलग्नताको वास्तविकता के हो ?

Banner

काठमाडौं, जेठ २३-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्री डा। प्रकाशशरण महतसँग पाँच वटा प्रश्न सोधेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यसवर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

सांसद शाहीले सोधेका प्रश्न यस्ता छन्:

१.करको दर फाइनल गर्नका लागि जेठ १४ गते राति भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ संलग्नताको वास्तविकता के हो रु

२. विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो रु

३. भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संंवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो रु

४. बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको छ । यस्तो किन भयो रु

५. पूर्वकर्मचारी रामकृष्ण श्रेष्ठलाई किन करारमा नियुक्त गरियो रु

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>