क्रिकेट

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान

Banner

काठमाडौं,जेठ २३-

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । स्पिनर लामिछाने विश्वकप छनोटअघिको अभ्यास खेलका लागि आइतबार राती दक्षिण अफ्रिका प्रस्थान गरेका हुन् ।

काठमाडौं अदालतमा नाबालिग बलात्कारको मुद्दा खेपीरहेका सन्दीप मुद्दाको पेसी हुने र अदालत धाइरहनु पर्ने भएका कारण टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

तर, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै उनका कानून व्यवसायीले लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २१ को तारिख दिएको हो । अब सन्दीपले विश्वकप छनोट सकिएपछि मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्नेछ

नेपाली टिमका बाँकी सदस्य अघिल्लो हप्ता नै दक्षिण अफ्रिका पुगिसकेका छन् । विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । पहिलो खेल जुन ८ मा स्कटल्यान्ड र दोस्रो अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेलेर नेपाली टिम विश्वकप छनोटका लागि उतैबाट जिम्बावे प्रस्थान गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>