चितवन विशेष

माडीको गोबिन्दबस्तीमा रोटरीको स्वास्थ्य शिविर, ३०६ जनाले गरे स्वास्थ्य परीक्षण

Banner

चितवन, जेठ ७-

माडी नगरपालिका–९ को गोबिन्दबस्तीमा स्वास्थ्य शिविर भएको छ ।

चितवन रोटरी क्लब र चितवन रोटर्‍याक्ट क्लबको संयुक्त आयोजनामा गोविन्दबस्तीमा वृहत् स्वास्थ्य शिविर गरिएको हो ।

चितवनकै विकट र अति सिमान्तकृत समुदायको बसोबास रहेको सो स्थानका ३०६ जना स्थानीय नागरिक लाभान्वित भएको चितवन रोटरी क्लबका अध्यक्ष दीपक प्रधानले जानकारी दिए ।

भरतपुर अस्पतालका रजिष्टर नर्सहरूद्वारा रक्तचापको परीक्षण गरेर सुरु भएको स्वास्थ्य शिविरमा भरतपुर केन्द्रीय अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरबाट हाडजोर्नीसम्बन्धी परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, मधुमेहको परीक्षण, श्वासप्रश्वाससम्बन्धी जाँच तथा ईसीजी सेवाको पनि सुविधा उपलब्ध गरिएको थियो । चितवन डेण्टल होमका वरिष्ठ दन्तरोग विशेषज्ञहरूबाट दन्त परीक्षण गरिएको स्वास्थ्य शिविर गोविन्दबस्ती आधारभूत विद्यालयमा भएको थियो ।

माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले स्वास्थ्य शिविर गरेकोमा रोटरी र रोट¥याक्ट क्लबलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको आयोजना भएको स्थल निरीक्षण गरेकी थिइन् । माडी नगरपालिका–९ का अध्यक्ष घनश्याम दवाडीले स्वास्थ्य शिविरमा संलग्न मेडिकल टिमलाई प्रशंसा–पत्र प्रदान गरेका थिए । उनले मानव सेवा भन्दा माथि अरु कुनै सेवा गर्ने ठाउँ छैन भन्दै वडा नं. ९ अन्य थुप्रै कुराहरूमा पिछडिएको जानकारी गराए । शिविर सञ्चालन भएकोमा धन्यवाद ज्ञापन गर्दैे प्रमुख अतिथि दवाडीले यस क्षेत्रमा निरन्तर जोडिइरहनको लागि आग्रह पनि गरे ।
चितवन रोट¥याक्ट क्लबले सामाजिक सेवाको क्षेत्रमा रोटरी क्लबसँग गरेको सहकार्य अत्यन्तै सराहनीय रहेको र त्यसबाट आफू गौरवान्वित भएको चितवन रोटरी क्लबका पूर्वअध्यक्ष तथा रोटरी डिष्ट्रिक्ट ३२९२ का सल्लाहकार परिषद् सदस्य उत्तमलाल चुकेले बताए ।

चितवन रोटरी क्लबका अध्यक्ष दीपक प्रधान र चितवन रोट¥याक्टका अध्यक्ष अच्युत न्यौपानेको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई चितवन रोट¥याक्टका पूर्वअध्यक्ष निरज खनालले सञ्चालन गरेका थिए भने चितवन रोट¥याक्ट क्लबका अध्यक्ष अच्युत न्यौपानेले मन्तव्य राखेका थिए । चितवन रोटरी क्लबको तर्फबाट क्लबका सचिव राजन पिया र चितवन रोट¥याक्ट क्लबको तर्फबाट विक्रम शाहले कार्यक्रम संयोजन गरेका थिए । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधानले स्वार्थ भन्दा सेवा सर्वोपरी भन्ने मूलमन्त्र लिई अगाडि बढेको रोटरी र रोटर्‍याक्ट  विश्वमै सामाजिक सेवा गर्ने संस्थाहरूको अग्रपंक्तिमा रहेको जानकारी गराउँदै कार्यक्रममा संलग्न मेडिकल टिम, निःशुल्क औषधि सहयोग गर्ने फर्मास्यूटिकल्स कम्पनीहरू, गोविन्दबस्ती आधारभूत विद्यालय, माडी तथा अन्य सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>