राजनीति

शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छानबिनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं: प्रकाशमान सिंह

Banner

काठमाडौं, वैशाख २९-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने बताएका छन्। उनले संलग्न जो-कोहीमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने बताए ।

‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस्,’ सिंहले भने।

उनले दोषीहरू छुट्न नहुने र निर्दोषहरू पर्न नहुने पनि बताए। ‘दोषीले उन्मुक्ति पाउन हुँदैन,’ उनले भने, ‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस्।’

उनले यो प्रकरणलाई राजीतिकरण गर्न नहुने बताए। ‘यसमा संलग्न जोसुकै र जुनसुकै दलको भए पनि छानबिनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>