राजनीति
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन,पार्टीभित्र विवाद

काठमाडौं,बैशाख २९-
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।
बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँणबारे मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् । बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।
‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप¥यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप¥यो, कांग्रेसले बोल्नुप¥यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणा’दयगत जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले भने ।



























