राजनीति

प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैनः मुख्यमन्त्री जम्कट्टेल

Banner

नुवाकोट, वैशाख २९–

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’

पत्रकारसँग बोल्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकार नरहने हो भने यो संघीयता नै रहँदैन, यो व्यवस्था रहँदैन ।’ उनले स्थानीय तह पनि अहिले रुपमा नरहने दाबी गरे । अहिले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण निर्णयहरु, प्रदेशसँग समन्वय र सम्बन्धहरु भैराखेको छ ।’

प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेको उनको भनाइ छ । कृषि क्षेत्रको लगानी बढाउन र रोजगारी दिन प्रदेश सरकारले व्यक्तिलाई अनुदान नदिने, कागजी फर्महरुलाई अनुदान रोक्ने उनले बताए । रासायनिक मलको लागि आफू मुख्यमन्त्री भएपछि कोटा बढाएको र जिटुजी मोडलबाट जान खोजिएको उनले बताए ।

नुवाकोटको शिखरबेसीको समुद्रफिनी धानलाई स्थानीय तहबाट प्रस्ताव आएमा प्रदेश सरकारले हेर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>