राजनीति
राप्रपा केन्द्रीय समिति बैठक जेठ १ देखि काठमाडौंमा
०

काठमाडौं, वैशाख २८-
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।
प्रतिवेदनहरुमाथि खुला छलफल हुने र केन्द्रीय सदस्यहरुले धारणा राखेपछि पार्टीले निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























