राजनीति
कांग्रेस पदाधिकारी बैठक जारी
०

काठमाडौं, वैशाख २८-
नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसिरहेको छ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका देउवाले आज बैठक बोलाएका हुन् ।
हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । तर, आजको बैठकले खाणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























