राजनीति
युवाहरुलाई एमालेमा जोड्न ‘देशैभरी-छोराछोरी, भावी वडा नेता’ कार्यक्रम चलाउन प्रस्ताव

काठमाडौं, वैशाख २८-
नेकपा एमालेले मिसन ग्रासरुटका कार्यक्रममा युवाको उपस्थिति कम भएको निष्कर्ष निकालेको छ। दुई महिने अभियानमा युवाको आकर्षण घटिरहेको देखिएको उल्लेख गर्दै अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रस्ताव अघि सारेका छन्।
जारी केन्द्रीय कमिटीमा उनले ‘देशैभरी-छोराछोरी र भावी वडा नेता’को प्रस्ताव राखेका हुन्। उनले प्रतिवेदनमा प्रस्ताव गरेका छन्, ‘अहिलेका युवाहरु’ आफैं नेता, आफैं प्रधानमन्त्रीु जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन्। यसलाई कसरी सम्बोधन गर्नेरु के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं?’
पार्टी संरचनामा पाका नेतारकार्यकर्ताहरुको संख्या अति देखिएको प्रतिवेदनमा उल्लेख छ। औसत उमेर ४५ को हाराहारीमा देखिएको बताइएको छ।
ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने उल्लेख गरेका छन्। अभियानका क्रममा युवाहरुको खोजी भएको उल्लेख गर्दै उनीहरुलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ।



























