राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिनु हुँदैन: गंगालाल तुलाधर

Banner

काठमाडौँ, बैशाख २८-

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै हालतमा रोकिन नहुने बताएका छन् । तुलाधरले भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

‘योभन्दा अघिका सरकारले गरेका ठुला काण्डहरु सतहमा आएका छन् । विभिन्न कारणले सेलाएका ती केसहरु आउन थालेका छन् । यो पटक हाइप्रोफाइलका नेताहरु तानिँदै गएका छन्’ रातोपाटीसँग कुरा गर्दै तुलाधरले भने, ‘यो काण्डमा सरकारले खुट्टा कमाउँछ कि दबाबमा पर्छ कि भनेर आशंका गरिएको छ । यस्तो खालको आशंका हाम्रो पार्टीमा उठेको छ ।’ तर, प्रधानमन्त्रीले कुनै हालतमा नरोकिने भनेकाले आशा पलाएको तुलाधरले बताए ।

‘प्रधानमन्त्रीज्यूले दोषीलाई कारबाही हुन्छ, निर्दोषहरु नपरुन भनेर त्यतिकै सचेत छौँ भनिरहनुभएको छ । गृहमन्त्रीज्यू त्यत्तिकै दृढताका साथ लागिरहेको देखिन्छ’ तुलाधरले भने, ‘यस विषयमा दैनिकजसो संसददेखि सडकमा दबाब बढेको छ । प्रहरीले उच्च मनोबलका साथ काम गरेको छ । मिडियाले प्राथमिकताका साथ समाचारबाट दबाब बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>