राजनीति
राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक
०

काठमाडौं, वैशाख २८-
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाइएको हो।बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।
यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्य योजना पेस गर्ने कार्यक्रम तय भएको बताए।
सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























