राजनीति

नक्कली भुटानी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भने आन्दोलनमा उत्रिन्छौं: ओली

Banner

काठमाडौं, वैशाख २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले सो घटनाका दोषीलाई छोड्न खोजियो भने आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजियो भने यसको प्रतिवादमा उत्रिने बताए। उनले भने, ‘कोही निर्दोषलाई फसाउने चेष्टा गरिनुहुँदैन। हामी दोषीलाई छोड्न खोजियो भने त्यसको विरोधमा पनि दृढताका साथ उभिन्छौं। आन्दोलनमा उत्रिन्छौं हामी । निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन रहदैन। निर्दोषलाई दोषी बनाउन खोजियो भने त्यो अपराध हामी हुन दिँदैनौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>