राजनीति

कांग्रेस बैठक बस्नु अघि नै देउवाले प्रधानमन्त्री प्रचण्डसँग किन भेटे

Banner

काठमाडौँ, बैशाख २८-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ । तर, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>