राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै

Banner

काठमाडौं, वैशाख २८–

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।

झापामा बस्नेगरी तय भएको बैठक आज बिहान १० बजेदेखि ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु हुँदैछ। आजको बैठकमा ३३५ केन्द्रीय सदस्य (दुई निलम्बन), ४ केन्द्रीय आयोगका अध्यक्ष ९ प्रदेश कमिटी अध्यक्ष (२ गैरभौगोलिक) सहितको सहभागिता रहने एमाले कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जानकारी दिए

बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ भने केन्द्रीय कमिटीको गत २०७९ भदौ १० र ११ गते बसेको चौथो बैठकयता सचिवालय बैठकबाट गरिएका निर्णयहरूको जानकारी र अनुमोदन गरिनेछ।

त्यस्तै, बैठकमा केन्द्रीय आयोगका अध्यक्षहरूले आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ भने पार्टीले गत फागुन र चैत दुई महिना सञ्चालन गरेको मिसन ग्रासरुटको समीक्षा गरिने भएको छ। मिसन ग्रासरुट प्रतिवेदनका आधारमा प्रदेश कमिटीको वार्षिक कार्ययोजना बनाउने बैठकको अर्को एजेण्डा रहेको छ।

यसैबीच स्थायी कमिटीको बैठक बसी पार्टीको बार्षिक कार्ययोजना बनाइने एमालेले जनाएको छ। केन्द्रीय कमिटीको यस बैठकबाट कार्यविभाजन र पार्टी प्रवेशीको व्यवस्थापन पनि गरिने एमाले प्रचारविभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचन र मिसन ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>