खेलकुद
फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई रोनाल्डोले धक्का दिए

काठमाडौं, वैशाख २६-
साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् । उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्डोसँग फोटो खिच्ने इच्छा जाहेर गरेका व्यक्तिलाई उनले धकालिदिएका हुन् ।
रोनाल्डोले अस्वीकार गर्दा पनि कर्मचारीले फोटोका लागि बारम्बार आग्रह गरेपछि उनले ती कर्मचारीलाई धकेलिदिएका हुन् ।
अल नासरले भने हालसम्म यो घटनाको बारेमा केही विवरण प्रस्तुत गरेका छैन । यो घटनाले पुन रोनाल्डोलाई प्रतिबन्ध लगाउने अथवा के गर्ने भन्ने बारे अल नासरले केही प्रतिक्रिया दिइसकेको छैन ।
अल नासरमा आवद्ध भएका रोनाल्डोले साउदीमा गएर १३ खेलमा १२ गोल र २ असिस्ट गरेका छन् । उनको गोलले हालसम्म अल नासरलाई लिगको शीर्ष स्थानमा पुर्याएको छैन ।
























