देश/प्रदेश

कैलालीमा सशस्त्र प्रहरीका हवल्दारसहित दुई जना पक्राउ

Banner

कैलाली, वैशाख २४-

कैलालीमा सशस्त्र प्रहरीका हवल्दार खैरो हिरोइन सहित पक्राउ परेका छन् । टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागु औषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनारलाई पक्राउ गरिएको हो । सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित  लम्कीका २६ वर्षीय सागर घिमिरे पनि पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटका अनुसार १५ दिनको बिदामा घर गएका सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>