देश/प्रदेश

गिट्टी र ढुंगा भरेपछि पृथ्वी राजमार्ग एकतर्फी सञचालन

Banner

धादिङ, वैशाख २०

धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ ।

धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका-८ सिमाना जोड्ने पुलनजिकै भ्वांग पर्दा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>