देश/प्रदेश

दार्चुला हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

Banner

दार्चुला, वैशाख २०

दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको हो ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवर हुन् भने भेटिएका दुई जना महिलाको पहिचान खुलिको छैन ।

सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>