क्रिकेट

भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भयोः कप्तान रोहित पौडेल

Banner

काठमाडौं, वैशाख १९-

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताएका छन्।

मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भयो। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

‘प्रतियोगिता जितेर एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ। हामीले जुन हिसाबले खेलेका थियौं त्यहीअनुसारको नतिजा आयो,’ रोहितले युएईविरूद्धको खेलपछि भने, ‘एसिया कप हाम्रा लागि ठूलो छ। सानैदेखि भारत-पाकिस्तानको खेल हेर्दै आयौं। आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दैछौं।’

उनले एसिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढ्ने समेत बताए।

‘हाम्रा लागि एसिया कपको एकदमै महत्व छ। अब हामीलाई सबैले चिन्छन्। त्यसैल आउने वर्षमा नेपाली क्रिकेटमा झनै राम्रो हुन्छ,’ रोहितले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>