देश/प्रदेश

मौसमका कारण सबै उडान प्रभावित

Banner

काठमाडौं, वैशाख १७-

मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान डिले (ढिलाइ) भएको छ । बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंमा यतिबेला बादल लाग्नुका साथै पानी परिरहेको छ । शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा भइरहेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>