देश/प्रदेश

ट्र्याक्टरमा लोड गरेको फलामे रडले घोच्दा नवलपरासीमा कार्यरत जवानको मृत्यु

Banner

बारा, वैशाख १५-

बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडमा घोचिएर नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतकराम वीरगञ्जबाट कलैया जाने क्रममा कलैया वीरगञ्जको बीचमा पर्ने कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको फलामको रड लोड गरेका ट्र्याक्टरमा पटाडी पर्टीबाट घोचिँदा निजको घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो । मृत राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>