कर्पोरेट

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

Banner

चितवन, वैशाख १४-

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ ।

बैँकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने बैँकले पे्रषित गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन् । बैँकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत् गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सिमित अवधिको लागि रहने विज्ञप्तिमा जनाइएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैँकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको जनाइएको छ । मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको बैँकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैँकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गरिरहेको बैँकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>