चितवन विशेष

रवि लामिछानेलाई मंसिरको भन्दा धेरै मत

Banner

चितवन, वैशाख १२-

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ ।

जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।
गत मंसिरमा ६७।६३ पहिला खसेकोमा यसपटक भने ६२।७७ प्रतिशत मत खसेको थियो । चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको थियो ।

जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>