चितवन विशेष

निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छुः राम प्रसाद न्यौपाने

Banner

चितवन, वैशाख १२–

चितवन–२ प्रतिनिधि सभा सदस्यका लागी एमालेका राम प्रसाद न्यौपानेले निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएको बताएका छन् ।

गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार उनी आठ हजार ३२९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले आठ हजार ४२५ मत सहित दोस्रो स्थानमा छन् । रवि लामिछानेले ४५ हजार ८४२ मत सहित अग्रता लिइरहेका छन् ।

यद्यपि उनको हार निश्चित भइसकेकोले हार स्विकार गर्दै सामाजिक सञ्जालका एक पोष्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छु । जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास अनि समृद्दीका लागि लडिरहनेछु । सबैमा हार्दिक धन्यवाद ।’

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>