चितवन विशेष
चितवन–२ मा रवि लामिछानेको जित सुनिश्चित, झन्डै ३४ हजार मतान्तरले अगाडि
०

चितवन, वैशाख १२–
चितवन – २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धीसँग ३३ हजारको मतान्तर कायम गरेकाको उनको जित सुनिश्चित भएको छ।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मत गणना हुँदा लामिछानेले ४१५०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७६९५ छ। उनीहरूबीचको मतान्तर ३३८०९ छ।
चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २१ हजार मात्र छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























