चितवन विशेष

केएल दुगड समूहको ‘ज्ञान मह’ बजारमा

Banner

चितवन, वैशाख १०-

केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ ।

स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

साथै स्थानीय किसानहरुद्वारा स्थानीयरुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्देश्यले यस महको उत्पादन सुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट ठहराएको कम्पनीले जनाएको छ ।

कम्पनीले आज एक विज्ञप्ति प्रेषित गर्दै मह प्राचिन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेेलगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारकोरूपमा पनि प्रयोग गरिन्छ । मह भिटामिन र अन्य पोषकतत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनिउपभोग गर्न सकिने जनाइएको छ ।

ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरु प्याकमा उपलब्ध छ । केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु प्नि लामो समयदेखि नेपाली बजारमाउपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>