चितवन विशेष

उपचुनाव: मध्यान्हसम्म कहाँ कति भोट खस्यो?

Banner

काठमाडौं, वैशाख १०-

उपनिर्वाचन भइरहेको ३ क्षेत्रमा मतदान जारी रहेको छ । चितवन २ मा ३७ प्रतिशत, बारा २ मा २५ प्रतिशत र तनहुँ १ मा २१ प्रतिशत मत खसेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चिनवनका अनुसार मध्यान्ह १२ बजेसम्म चितवन क्षेत्र नम्बर दुईमा एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार १ लाख ५ हजार २ सय ४८ मतदातामध्ये केही बेर अघिसम्म २५ प्रतिशत मतमात्रै खसेको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार केहि बेर अघिसम्म १ लाख २३ हजार ३ सय ५ मतदातामध्ये २६ हजार ३ सय २१ अर्थात २१।३४ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै जिल्लामा बिहान ७ बजेबाट मतदान सुरू भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>