चितवन विशेष

मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छुः जितनारायण श्रेष्ठ

Banner

चितवन, वैशाख १०-

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।

उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । ‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने ।

नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>