देश/प्रदेश

सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश, नउठाउन मेयरको निर्देशन

Banner

काठमाडौं,बैशाख ९-

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने बताएका छन्। मेयर साहले सर्वोच्चको आदेशपछि शुक्रबार सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएका परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेलाई टेलिफोन गरी फोहोर नउठाउन निर्देशन दिएका हुन्। ‘मेयरज्यूले प्रस्टसँग सर्वोच्चको आदेश म मान्दिनँ, सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर नउठानू भन्नुभएको छ। उठाए लाइसेन्स खारेज गर्नेसम्म भन्नुभएको छ,’घिमिरेले भने, ‘मेयरले यस्तो आदेश दिएपछि फोहोर उठाउने कुरै भएन।’आफूले सर्वोच्चको आदेशबारे ह्वाट्स एपबाट मेयरलाई पठाएको बताउँदै उनले भने, ‘मैले फैसला पठाइसकेपछि उहाँले मलाई फोहोर नउठाउन कडा रूपमा आदेश दिनुभएको हो।’ मेयरले आदेश दिनेबित्तिकै सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउन सुरु गर्ने घिमिरेको भनाइ छ।

परिवर्तन नेपालले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विगत १५ वर्षदेखि सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउन परिवर्तन नेपालसँग वार्षिक ६४ लाख रूपैयाँमा सम्झौता गरेको छ। सर्वोच्च अदालतले शुक्रबार सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन आदेश दिएको हो।

सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार अहिले त्यहाँ थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आदेश दिनेबित्तिकै उठ्छ। नागरिक दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>