देश/प्रदेश

वायु प्रदूषण भएको भन्दै काठमाडौंका सडकमा सेकुवा पोल्न रोक

Banner

काठमाडौँ, वैशाख ८

काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।

‘हामीले भेटेजतिको ठाउँमा सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न बन्द गर्न भनेका छौं,’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘पुतली सडक र सिनामंगलमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएको छ, अन्य स्थानमा पनि भेटिए बन्द गर्न भन्छौं ।’

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>