देश/प्रदेश

विद्युत सर्ट हुँदा काठमाडौं नारायणटारका १३ पसलमा आगलागी

Banner

काठमाडौं, वैशाख ८

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिक एक घरमा आगलागी भएको छ । आज राति २ बजे विद्युत सर्ट भएर घरमा आगलागी हुँदा तीन वटा पसल जलेर ४ करोड बढीको क्षति भएको हो ।

आगो नियन्त्रणमा नआउँदा छेउको घरहरुमा आगो सल्किँदा थप १० वटा पसलमा आगालागी भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।

रामहिटि, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको दमकलले आगो निभाएको थियो । साथै खानेपानीको ट्याङकरले पनि आगो निभाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>