राजनीति

बागमती सफा पार्न अभियान चलाएर मात्रै हुँदैन, पहिले मन सफा हुनुपर्छः सहरी विकासमन्त्री गुरुङ

Banner

काठमाडौँ, चैत्र २९-

सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन् । अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी हुन् ।
उनले बागमती सफा पार्न आसपासमा बस्न नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन् । वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन् ।

‘हामीले बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौंदेखि हामी हरेक साता वाग्मतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौं, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले सधैं काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन । वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं । त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ । जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>