राजनीति

कांग्रेसले हामीलाई झुक्याउने, अल्मल्याउने र आलटाल गर्न खोजियो: गोविन्दराज जोशी

Banner

काठमाडौं, चैत २९-

गोविन्दराज जोशी समूहले अहिलेका लागि नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ। कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन्।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं।’

कांग्रेसले गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट जोशीलगायत तनहुँ, चितवन र बारामा २०७९ को चुनावअघिका चुनावमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूको कारबाही फुकुवा गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>