राजनीति

नयाँ वर्षदेखि माओवादी केन्द्रका मन्त्रीलाई भेट्न सिंहदरबार धाउन नपर्ने

Banner

काठमाडौँ, चैत २९

नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा एक दिन दिउँसो चार बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँदैछौं,’ सचिव ढकालले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>