राजनीति

एमाले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेको भन्दै नेता नरेश खरेलले छाडे पार्टी

Banner

काठमाडौं, चैत २७

नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन्। एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले पार्टी परित्याग गरेको खरेलले बताए।

‘२०७८ मंसिरमा सम्पन्न दसौं महाधिवेशनदेखि नै म पार्टीको गतिविधिमा निष्क्रिय थिएँ। तर आजदेखि औपचारिक रूपमै पार्टी छोडेको छु, ‘खरेलले भने,  ‘मुख्य गरेर एमाले जुन लक्ष्य लिएर अघि बढ्नु पर्थ्यो त्यो भएन। गलत मान्छे पार्टीमा प्रवेश गराइए अनि दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ बढी देखियो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>