प्रवास

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

०
Banner

जयपुर ,कात्तिक १६ –

भारतको राजस्थानस्थित झुन्झुनू जिल्लामा सडक निर्माणका क्रममा करेन्ट लाग्दा ८ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको उदयपुरवाटी तहसीलअन्तर्गत पर्ने छापोली गाउँमा सोमबार यो दुर्घटना भएको हो ।

उदयपुरवाटीका थाना प्रभारी (एसएचओ) रामपालका अनुसार सडक निर्माण कार्यमा गिट्टी बालुवा मिसाउने (मिक्सर) मेसिन अचानक माथिबाट गएको उच्च क्षमताको बिजुलीको लाइन (हाईटेन्सन लाइन) मा छुन पुगेको थियो । हाईटेन्सन लाइन छुनेबित्तिकै पूरै मेसिनमा करेन्ट प्रवाह भएको र त्यहाँ काम गरिरहेका मजदुरहरू त्यसको चपेटामा परेका थिए ।

घटनालगत्तै स्थानीय क्षेत्रमा त्रास र आक्रोशको वातावरण बनेको थियो । आक्रोशित स्थानीय बासिन्दाहरूले घटनास्थलमै धर्ना दिएर विरोध प्रदर्शन सुरु गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन र घटनाको अनुगमन गर्न स्थानीय विधायक भगवानाराम सैनी तथा प्रहरीहरू घटनास्थल पुगेका थिए ।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

यस दुर्घटनाप्रति राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै दुर्घटनामा परी मजदुरहरूको असामयिक निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको लेखेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>